काठमाण्डौं, १८ भदौ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको छ । आयल निगमको घाटा देखाउँदै सरकारले मूल्य वृद्धि गरेको हो । आइतबार बसेको सञ्चालक समितिको बैठकले प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाएको हो । यो वृद्धिसँगै काठमाडौं उपत्यकामा प्रतिलिटर पेट्रोल १ सय २५ रुपैयाँ, डिजेल/मटि्टतेल ९७ रुपैयाँ र प्रति सिलिन्डर ग्यास १ हजार ४ सय ७० रुपैयाँ पुगेको छ । निगमको हिजो बसेको सञ्चालक समितिको बैठकले शनीबार देखि नै लागू हुनेगरी मूल्यवृद्धि गरेको छ । मूल्यवृद्धिपश्चात् पेट्रोलको मूल्य प्रतिलिटर रु ११६, डिजेल र मट्टितेल प्रतिलिटर रु ८५ र हवाई इन्धनको रु १०९ पुगेको छ । हवाई इन्धनको मूल्य कर्णाली अञ्चलमा भने ९९ रुपैयाँ कायम गरिएको छ । निगमले बढ्दो घाटा धान्न मूल्य बढाएको जनाएको छ । हाल निगमको मासिक घाटा १ अर्ब १७ करोड ५१ लाख रुपैयाँ छ । मूल्य बढाउनु अघि निगमलाई मासिक एक अर्व ३३ करोड रुपैया घाटा रहेको निगमको जिकिर छ ।
निगमको व्यवस्थापन कमजोरी नसुधारि घाटाको नाममा वारम्वार मूल्य वढाउने सरकारको गैर जिम्मेवारीप्रति सर्वसाधरण आक्रोषित वनेका छन् ।
यस अघि पेट्रोलको भाउ प्रतिलिटर १ सय १६ रुपैयाँं तथा डिजेल र मटि्टतेलको प्रतिलिटर ८५ रुपैयाँं थियो । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढेपछि निगमलाई घाटा बढेको र आपुर्ति सहज बनाउन मुल्य बढाउनु परेको निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले जानकारी दिए ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइरहेकाले आगामी दिनमा यी पदार्थको मूल्य अझ बढ्न सक्ने सम्भावना देखिएको र अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाल आयल निगम लाई पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दापनि निगमले हरेक महिना रु एक अर्ब १८ करोड घाटा व्यहोर्दै आएकामा अहिलेको मूल्यवृद्धिपछि त्यो घाटा रु ८५ करोडमा झर्ने जानकारी दिए ।
0 comments:
Post a Comment