Pages

Powered by Blogger.

Friday, August 31, 2012

रोकियो सेक्स पार्टी (sex party event was dismised in Nepal)


कुनै कार्यक्रममा निम्ता गर्न मानिसलाई चिठी लेख्ने चलन हराइसक्यो। निम्तालुलाई इमेलमा सीसी गर्नु पनि झन्झट, फोन गर्नु पनि खर्चमात्रै,  एसएमएस पनि पुरानो कुरा भैसक्यो। प्रविधिको बढ्दो गुणात्मक विकासले सबैलाई पछि पारेको छ। अहिले सामाजिक साइटमार्फत नै कुनै  इभेन्ट क्रिएट गरेपछि कुरै सकिन्छ। त्यसका लागि फेसबुक सजिलो माध्यम भएको छ। कुनै कार्यक्रम आयोजना गर्ने हो भने फेसबुकमा गएर  इभेन्टसम्बन्धी पेज बनाएर आफन्त एवं साथीभाइहरूलाई कार्यक्रममा निम्त्याउन सकिन्छ। यो कोर्स सजिलो पनि छ। त्यसैले हिजोआज धेरैले  साथीभाइ तथा आफन्तलाई निम्तो बाँड्न फेसबुकमा छुट्टै पेज बनाएका हुन्छन्। गोप्य रूपमा निम्तो बाँड्ने कि खुल्ला ? इभेन्ट गर्नेको हातमा  हुन्छ। यस्ता इभेन्टमा आयोजकले आफ्ना कार्यक्रमको उद्देश्यअनुरूपको सूचना र कार्यक्रमको समग्र जानकारी राख्छन्। त्यसपश्चात् आफ्ना  सम्भावित आमन्त्रितहरूलाई इभेन्टमा सहभागी हुन निम्तो दिन्छन्।

त्यसमा जाने-नजाने निम्तो प्रापकमा भर पर्छ। फेसबुकले इभेन्टमा दर्ता भएकाहरू सबैलाई अटोमेटिक निम्तोको जानकारी बाँड्ने काम गर्छ।  त्यसैले यो पेज महत्वपूर्ण छ कार्यक्रम आयोजकहरूका लागि एक व्यक्तिले यस्तै खाले इभेन्ट फेसबुकमा बनाए तर विल्कुल नयाँ खाले कार्यक्रमका साथ। न त सौन्दर्य प्रतियोगिता, नत डान्स पार्टी, नत कुनै सांस्कृतिक कार्यक्रम। विल्कुल फरक किसिमको निम्तो बाँडेका थिए उनले।  उनले आफ्नो फेसबुकको इभेन्टमा बुङ्गा-बुङ्गा अर्थात् सेक्स पार्टीको निम्तो बाँडे। त्यसैले उनी अहिले प्रहरीको खोरमा छन्। सामाजिक  साइटमा खुल्ला रूपमा अश्लील गतिविधि गरेकाले उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। गत सोमबार आफ्नो फेसबुकको इभेन्ट  पेजमा यौन पार्टीमा सहभागी हुन उनले सूचना जारी गरेका थिए।

उनले त्यसमा सहभागी हुनेहरूलाई विश्वको कुनै गोप्य स्थानमा निम्त्याइने उल्लेख गरेका छन्। इच्छुक सबैलाई त्यसमा सरिक हुन प्लेन  भाडासहित २ हजार युरो नगद तोकिएको छ। यदि प्लेन भाडा आफैंले बेहोर्ने हो भने ७ सय युरोमा सहभागी हुन पाइने फेसबुक सूचनामा  बताइएको छ। सामाजिक साइटमार्फत कसैले यस्ता खाले इभेन्ट घोषणा गरेकै भरमा ठूलो रकम तिरेर सहभागिता जनाउने सम्भावना कमै  हुन्छ। यसबाहेक एसियन गर्ल भनेर त आउलान तर त्यसको पनि सम्भावना झिनो छ। यद्यपि ती व्यक्तिले आफ्नो फेसबुकको इभेन्टमा  बुङ्गा-बुङ्गा अर्थात् सेक्स पार्टीको निम्तो बाँडेको भनेर प्रहरीले उनलाई पक्राउ गरेको छ। यसरी सार्वजनिक रूपमा अश्लील कार्य गर्नुलाई  गैरकानुनी मानिन्छ। सामाजिक सञ्जाल साइट फेसबुकमा बुङ्गा-बुङ्गा नामको सेक्स पार्टी गर्ने सूचना राख्ने व्यक्ति कुनै विदेशी नभै नेपाली  नागरिकनै हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार मोरङ जिल्ला हनुमान मन्दिर टोल, विराटनगर-६ स्थायी ठेगाना भै हाल कुमारीगाल (नयाँ बस्ती)  बस्ने किर्तन पोखरेल (४०) अहिले यही सिलसिलामा आवश्यक अनुसन्धान र कारबाहीका लागि हनुमानढोकामा छन्। उनीविरुद्ध विद्युतीय  कारोबार ऐनअन्तर्गत कारबाही चलाइने भएको छ। प्रहरीले पोखरेलमाथि यस्तो गैरकानुनी इभेन्टको आयोजना गर्न लागेको अतिरिक्त अन्य  आरोपहरू पनि लगाएको छ। उनले फेसबुकमा कृशी कृशको नामबाट बुङ्गा-बुङ्गा इभेन्टको खाका बनाएको बताइन्छ। उक्त पार्टीमा १० दे खि १७ वर्ष उमेरका किशोरीहरू समावेश गरी उनीहरूबाट मनोरञ्जन लिन सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने व्यक्तिका लागि २  हजार युरो खर्च लाग्ने सूचना प्रवाह गरेको सीबीआईले बताएको छ। यसबाहेक पोखरेल अन्तर्राष्ट्रिय रूपमा यौन पयर्टनमा संलग्न रहेको साथै  उनका इमेलहरूबाट आर्थिक लाभका लागि नग्न तस्बिरहरू आदान-प्रदान गरेको आरोप पनि प्रहरीको छ।

प्रहरीले उनलाई कुमारीगालबाट गत शुक्रबार नै पक्राउ गरेको र विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि  महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ। यो अभियोग प्रमाणित भए विद्युतीय कारोबार ऐनअन्तर्गत १ वर्ष कैद र ५ लाखसम्म  जरिवाना हुनसक्छ। पोख्रेल पक्राउ परेपछि यो घटनाले फेसबुकमा जे पायो त्यही इभेन्ट बनाउँदै हिँड्ने वा जथाभावी कमेन्ट गर्नेहरूलाई  झकझक्याएको छ।

के हो बुङ्गा-बुङ्गा

यस्तो पार्टीलाई कसैले बुङ्गा वा कसैले बुङ्गो पनि भन्ने गरेको पाइन्छ। सुन्दा अनौठो लाग्ने यो शब्दको खास अर्थ यौन पार्टी हो। यस्तो पाटीर् मा सहभागीहरूबीच खुल्ला यौन सम्बन्ध स्थापित गरिन्छ। बुङ्गा-बुङ्गा शब्द एकताका अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चामा थियो। इटालीका  पूर्वप्रधानमन्त्री सिल्भियो बोर्लुस्कोनीको यौन जीवनसँग जोडिएर यो शब्दमा समाचारमा आएको थियो। विशेषतः यसको चलन र प्रयोग  इटालीमा बढी पाइन्छ। बोर्लुस्कोनीको यस्तै पार्टीले यो शब्दलाई स्थापित गरेको हो जसमा कम उमेरका केटीहरू सहभागी हुन्थे।

प्रहरीको वक्तव्य

अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल फेसबुकमा Krishi Krish को नामबाट जिल्ला मोरङ हनुमान मन्दिर टोल-६ विराटनगर स्थायी ठेगाना भै  हाल काजिकामनपा, कुमारीगाल (नयाँ बस्ती) बस्ने वर्ष ४० को किर्तन पोखरेलले 'Bunga Bunga' Event create गरि सोमार्फत 'Bunga Bunga' नामक पार्टी आयोजना गर्ने, पार्टीमा १० देखि १७ वर्ष उमेरका किशोरीहरू समावेश गरी निजहरूबाट मनोरञ्जन लिन  सकिने र उक्त पार्टीमा सहभागी हुन चाहने व्यक्तिहरूका लागि २००० (दुई हजार) युरो खर्च लाग्ने भन्ने सूचना प्रवाह गरेको देखिएको। सो Event लाई केही फेसबुक प्रयोगकर्ताले Like गरेको पाइएको। साथै निज किर्तन पोखरेलले २० भन्दा बढी email address  प्रयोग गरी Internet सुविधाको दुरुपयोग गर्दै फेसबुकमा Fake Event राखी रकम उठाइ अन्तर्राष्ट्रिय संगठित अपराध गर्न सक्ने तथा  फेसबुकमा Create गरेको Event बाट अन्तर्राष्ट्रिय रूपमा निज Sexul Exlpoitation -Sex Tourism गर्ने कार्यमा संलग्न रहेको  एवं आर्थिक लाभका लागि निजले प्रयोग गरेका Email Address हरूमार्फत नग्न तस्बिरहरू आदान-प्रदान गर्ने गरेको आधारमा मिति २० ६९/०५/०८ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निज किर्तन पोखरेललाई काजिकामनपा-६, कुमारीगाल इलाकाबाट पक्राउ गरी  विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकामा बुझाएको छ।

Thursday, August 30, 2012

Alicia Keys saying of the day

Photo: “But when I first fell in love with the piano, I knew it was me. I was dying to play.” - Alicia Keys 




















“But when I first fell in love with the piano, I knew it was me. I was dying to play.” - Alicia Keys

Mariah Carey sayinf of the day

Photo: “A lot of people are singing about how screwed up the world is, and I don't think that everybody wants to hear about that all the time.” - Mariah Carey 




















“A lot of people are singing about how screwed up the world is, and I don't think that everybody wants to hear about that all the time.” - Mariah Carey


madonna saying of the day

Photo: “A lot of people are afraid to say what they want. That's why they don't get what they want.” - Madonna





















“A lot of people are afraid to say what they want. That's why they don't get what they want.” - Madonna



GOssip Time

We should call it #GossipThursdays because we've got some news for you!

Rumours about Rihanna and Rob Kardashian are making the rounds, what do you think? How about the cute couple made up of Taylor Swift and Conor Kennedy? And did you even know Katy Perry and John Mayer were dating to be broken up already?


Photo: We should call it #GossipThursdays because we've got some news for you! 

Rumours about Rihanna and Rob Kardashian are making the rounds, what do you think? How about the cute couple made up of Taylor Swift and Conor Kennedy? And did you even know Katy Perry and John Mayer were dating to be broken up already?

Wednesday, August 29, 2012

नेहरु कप फुटबलमा आज नेपालको अन्तिम खेल

सिरीया विरुद्धको खेल प्रतिष्ठाको लडाई मात्रै ।

भाद्र १४ । भारतको नयाँ दिल्लीमा जारी नेहरु कप फुटबल प्रतियोगितामा आज नेपालले अन्तिम खेल खेल्दैछ । जवाहारलाल नेहरु रंगशालामा नेपालले सिरियालाई चुनौती दिनेछ । पछिल्लो तीन खेलमा आफ्नो अनुकुल नतिजा निकाल्न नसकेपछि सिरियाबिरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाई बनेको छ । नेपालले यसअघि तीन खेल खेल्दा दुईमा पराजय र एकमा बराबरी गरेको थियो । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २-१ ले हा-यो भने दोस्रोमा क्यामरुनसँग ५-० ले पराजित भयो । भारतबिरुद्धको खेलमा भने नेपालले गोल रहित बराबरी गर्दै अंक तालिकामा पहिलो अंक जोडेको थियो ।

नांगिदै लेडी गागा, नांगै भएर गीत रेर्कडिङ गरिन्

नांगिदै लेडी गागा, नांगै भएर गीत रेर्कडिङ गरिन्
एजेन्सी, भाद्र १३ । हलिउडकी गायिका लेडी गागा अनेक कारणले चर्चामा आउने गछिन् । विशेषतः गागा आफूले लगाउने पहिरन, जुत्ताको भड्किलो स्वरुपले चर्चामा आउने गर्छिन् । तर, यस पटक गागा पहिरन पहिरेर भन्दा पनि शरीरको कपडा फुकालेर चर्चामा आएकी छिन् ।

बेलायतको समाचार वेबसाईट द सनका अनुसार लेडी गागा हालै आफ्नो एक गीतको रेकर्डिङ गर्न स्टुडियो पुगिन्, जहाँ उनलाई अचानक मनमा नांगै हुने इच्छा जाग्यो । त्यसपछि उनले नांगो भएर गीत रेर्कड गर्ने आफ्नो इच्छा टिमलाई बताइन् र नांगो भएर गीत रेकर्ड गरिन् ।

गागाको भनाई छ कि घरमा जब उनी नांगो भएर कुनै गीत गुनगुनाउछिन् त उनको आवाज अरुबेलाको भन्दा राम्रो र सुमधुर हुन्छ । सोही कारण गागाले आफ्नो नयाँ एल्बममा न्यूड भएर गीत गाउन लागेको उक्त वेबसाईटले जनाएको छ ।

त्यस्तै आजभोलि गागालाई नांगो हुने भूत सवार भएको छ । हालै उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नग्न अवस्थाको केही तस्वीर पोष्ट गरेकी थिइन्, जसमा गागाले आफ्नो गुप्ताङ्ग आफ्नो हातले छोपेकी थिइन् ।

त्यस्तै केहीअघि गागाले आफ्नो घरमा आफ्नै एक भिडियो बनाएकी थिइन् । जहाँ गागाले आफ्नो स्वीटर माथी उठाएकी सर्ट दिएकी थिइन्, उक्त भिडियोमा गागालाई अर्धनग्न अवस्थामा देख्न सकिन्छ । जसलाई गागाले युट्युवमा पनि अपलोड गरेकी थिइन् । त्यस्तै गागाले केही समयअघि एक परफ्युम विज्ञापनको लागि पनि आफ्नो कपडा उतारेकी थिइन् । लेडी गागा अहिले रुसमा हुने आफ्नो सांगीतिक कार्यक्रमको तयारीमा रहेको जनाइएको छ ।

टाइगर’को कमाई २ अर्ब नाघ्यो, ‘थ्री इडियट्स’लाई जित्ने अनुमान

इदको अवसर पारेर गएको अगष्ट १५ मा रिलिज भएको बलिउड फिल्म ‘एक था टाइगर’ले बक्स अफिसमा तहल्का मच्चाउने क्रममा किर्तिमान माथि किर्तिमान थपिरहेको छ ।
सलमान खान तथा कटरिना कैफ अभिनित टाइगरले दुइ हप्ता नपुग्दै २ अर्ब भन्दा बढि कमाएर नयाँ किर्तिमान राख्न सफल भएको हो । पाँच दिनमै १ अर्ब कमाउन सफल भएको यो फिल्मले भारत र विदेशमा गरी अहिलेसम्म २ अर्ब १० करोड कलेक्सन गरेको बताइएको छ । टाइगरले भारतमा मात्रै १२ दिनमा १ अर्ब ७५ करोड भारु कमाइसकेको छ ।



यो सँगै एक था टाइगरले सबैभन्दा बढि कमाउन सफल आमिर खानको फिल्म ‘थ्री इडियट्स’को किर्तिमानी तोड्ने अनुमान गरिएको छ ।
स्मरण रहोस् थ्री इडियट्सले भारतमा मात्रै २ अर्ब २ करोड कमाइ गरेको थियो । सबैभन्दा बढि कमाइ गर्ने फिल्मको तेश्रो स्थानमा रहेको सलमानकै बडिगार्डले १ अर्ब ४८ करोड कमाएको थियो ।

भिसा गर्लको पब्ल्सिटीमा `यो मन त मेरो नेपाली हो`



नेपाली फिल्मको पब्लिसिटी गर्ने सबैको आ-आफ्नै शैली हुन्छ । कतिले स्क्याण्डल मच्चाएर फिल्मको पब्लिसिटी गर्छन् त कतिले सञ्चारमाध्यमा पब्लिसिटी सामाग्री (गीत, प्रोमो) बजाएर गर्छन् भने कतिले होर्डिङ बोर्डलाई पनि प्राथमिकता दिन्छन् । यस्तै पब्लिसिटीको नयाँ स्वरूपमा फिल्म भिसा गर्ल पनि देखिएको छ ।
असोज १२ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म भिसा गर्लको पब्लिसिटी डिजाईनका बारेमा फिल्मीखबरले पब्लिसिटी डिजाईनर स्वप्निल आचार्यसँग सम्पर्क गर्‍यो । फिल्मको पब्ल्सिटी डिजाईन कमै मात्र हुने यो हाम्रो उधोगमा स्वप्निलले गरेको डिजाईन यस्तो छ -
'यो मन त मेरो नेपाली हो' कन्टेस्ट
बिगत केहि साता देखि फिल्मको युनिट १९७४ एडी व्याण्डको 'यो मन त मेरो नेपाली हो' बोलको गीतलाई प्रयोग गरि पब्लिसिटीमा जुटेको छ । देशका मुख्य मुख्य शहरमा पुगि युनिटले सर्वसाधारण दर्शकलाई यो गीत गाउन लगाउँदै त्यसको भिडियो रेकर्ड र नाम ठेगाना लिने गरेको छ । सबै शहरमा पुगेपछि फिल्म रिलिज हुनु पूर्व युनिटले तीन जना बिजेता घोषणा गर्नेछ र फिल्मको प्रिमियरमा सहभागी गराउने छ । साथमा बिजेताले केहि आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।
 
त्यति मात्र हैन भिडियोमा अटाएका ति दर्शकलाई फिल्मको अन्तिम कास्टिङमा पनि राखिनेछ । यस्तै यो कन्टेस्टमा बिदेशमा रहेका नेपालीहरूले पनि भाग लिन सक्नेछन् । जसका लागि यो मन त मेरो नेपाली हो गीत रेकर्ड गरी यू ट्यूबमा अपलोड गरेर फिल्म युनिटलाई लिङ्क पठाउनुपर्नेछ । यो कन्टेस्टका लागि युनिट हेटौंडा, चितवन र पोखरा पुगिसकेको छ भने यहि साता पूर्वी शहर पुग्नेछ । जसको प्रतिनिधित्व नायकद्धय विनय श्रेष्ठ र कर्मले गर्नेछन् । त्यसैले सूदूर पश्चिमकी चेली नायिका ऋचा शर्मा भने अर्को साता मध्यपश्चिम र सूदूर पश्चिम पुग्ने छिन् ।
भिसा गर्ल नेपाली मनले बनाएको नेपाली पन बोकेको फिल्म भएकोले १९७४ एडीको 'यो मन त मेरो नेपाली हो' गीतलाई छनोट गरेर पब्लिसिटी गरेको पब्लिसिटी डिजाईनर आचार्यको भनाई छ । बिजेताको घोषणा भने नेपाल टेलिभिजनबाट प्रशारण हुने 'प्ले इट अन' कार्यक्रमबाट गरिनेछ ।

Tuesday, August 28, 2012

भोलि र पर्सी पोखरामा आमहड्ताल

 

भदौ १३ – पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण गर्न माग गर्दै भदौ १५ र १६ गते पोखरामा आम हड्ताल गरिने भएको छ ।

विमानस्थल निर्माणमा पोखरेलीले गरेको मागलाई सरकारले बेवास्ता गरेको भन्दै विमानस्थल निर्माण सरोकार समितिले यही भदौ १५ र १६ गते पोखरामा आम हड्ताल गर्ने घोषणा गरेको हो ।

विमानस्थल निर्माणमा आलटाल, ढिलासुस्ती र षड्यन्त्र गरेको भन्दै समिितको आह्वानमा दबाब दिन छैटौँ दिनसम्म पोखरेलीले रिले अनसन गरे पनि सरकारले कुनै प्रतिक्रिया नजनाएपछि दुई दिन आमहड्तालको घोषणा गरिएको समितिले जनाएको छ ।

ती दुई दिन पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिकाका सबै कलकारखाना, यातायातका साधन र व्यापार व्यवसाय बन्द गरी विमानस्थलमा गएर धर्ना दिने र हवाई सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ ।

विरोधका कार्यक्रमअनुसार मंगलबार निजामती कार्मचारीका विभिन्न सङ्गठनहरू पोखराको मुस्ताङचोकमा जम्मा भई जुलुस प्रदर्शन गरेर रिले अनसनस्थलमा आई मानव साङ्ग्लो बनाएर ऐक्यबद्धता जाहेर गरेका थिए ।

Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...