Pages

Powered by Blogger.

Wednesday, August 29, 2012

नेहरु कप फुटबलमा आज नेपालको अन्तिम खेल

सिरीया विरुद्धको खेल प्रतिष्ठाको लडाई मात्रै ।

भाद्र १४ । भारतको नयाँ दिल्लीमा जारी नेहरु कप फुटबल प्रतियोगितामा आज नेपालले अन्तिम खेल खेल्दैछ । जवाहारलाल नेहरु रंगशालामा नेपालले सिरियालाई चुनौती दिनेछ । पछिल्लो तीन खेलमा आफ्नो अनुकुल नतिजा निकाल्न नसकेपछि सिरियाबिरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाई बनेको छ । नेपालले यसअघि तीन खेल खेल्दा दुईमा पराजय र एकमा बराबरी गरेको थियो । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २-१ ले हा-यो भने दोस्रोमा क्यामरुनसँग ५-० ले पराजित भयो । भारतबिरुद्धको खेलमा भने नेपालले गोल रहित बराबरी गर्दै अंक तालिकामा पहिलो अंक जोडेको थियो ।

0 comments:

Post a Comment

Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...