Pages

Powered by Blogger.

Thursday, September 26, 2013

चर्चामा KELLY BROOK




टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा समेत उत्तिकै लोकपि्रय केली ब्रुक यतिबेला आकर्षक फोटोसेसनका कारण चर्चामा छिन्। ३३ वर्षीया केलीले आफ्नो मोडलिङ करियर १६ वर्षको उमेरमा प्रारम्भ गरेकी थिइन्। उनकी आमाले एक ब्युटी पेजेन्टमा केलीलाई सहभागी गराएपछि उनले थुप्रै विज्ञापनमा मोडलिङ गर्ने अवसर पाइन्। थुप्रै पत्रिकाका आवरणमा उनका तस्बिरहरू प्रकाशित भए। सन् २००५ मा वर्षकी कामुक महिलाको सूचीमा उक्लिएकी केली सन् १९९८ देखि लगातार यो सूचीमा रहँदै आएकी थिइन्। सन् १९९७ देखि उनी टेलिभिजनमा समेत कार्यक्रम प्रस्तोताका रूपमा प्रस्तुत हुन थालिन्। सन् २००७ मा उनी एउटा डान्स रियालिटी शोमा समेत सहभागी भइन्। 'स्याटर्डे' शीर्षकको चलचित्रबाट हलिउडमा डेब्यू गर्ने यी मोडल नायिकाका रूपमा अझै पनि सक्रिय छिन्।

0 comments:

Post a Comment

Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...