संगम राईलाई सेक्सी हास्य नायिका भनिन्छ नि ?
हा हा हा...म त हास्यकलाकार र नायिका मात्र हुँ नि ! सेक्सी भन्ने कुरा कहाँबाट आयो ?
नढाँटी भनौं त, संगम कत्तिको सेक्सी ?
सेक्सी हुनलाई त राम्री हुनुपर्यो नि होइन र ! मैले गर्ने ड्रेसअपका कारण दर्शकहरूलाई त्यस्तो लागेको होला, बरु तपाईंलाई चाहिँ म कत्तिको सेक्सी लाग्छु भन्नुस् त ?
फोटोसेसनमा हट पोज दिन सिपालु पनि भनिन्छ नि ?
हो, फोटोसेसनमा चाहिं म निकै हट हुन्छु। मलाई प्रत्यक्ष नभेटी मेरा तस्बिरहरू मात्र हेर्ने हो भने जो-कसैले मलाई सेक्सी मान्छन्।
संगमको विचारमा सेक्स के हो ?
त्यो त प्राकृतिक कुरा हो नि, प्रकृतिले दिएको एउटा अनुपम उपहार। हरेक वयष्क व्यक्तिलाई आवश्यक पर्ने कुरा हो तर यो प्रसंगमा संयम अपनाउनु अनिवार्य छ।
कस्तो संयम ?
जो पायो त्यहीसँग यस्तो सम्बन्ध राख्नु सरासर गलत हो। यद्यपि अहिलेको आधुनिक समाजमा सेक्स सामान्य भएको छ। जवान केटा र केटी एक-अर्काप्रति आकषिर्त हुने बित्तिकै यस्तो सम्बन्ध राख्न लालायित देखिन्छन् तर यस्तो सम्बन्ध सुरक्षित हुनुपर्छ, सिमिति हुनुपर्छ।
0 comments:
Post a Comment