Pages

Powered by Blogger.

Sunday, September 2, 2012

Joker report जोकर : अक्षयको सबैभन्दा फ्लप फिल्म

http://e.onlinekhabar.com/wp-content/uploads/2012/09/joker.jpg
राउडी राठोरको धमाकेदार प्रदर्शनको चर्चा सेलाउन नपाउँदै बलिउड अभिनेता अक्षय कुमारको अर्को फिल्म जोकर शुक्रबारदेखि प्रदर्शनमा आएको छ । धेरैले कमेडी ड्रामा टाइपको अक्षयको यो फिल्मले राउडी राठोरकै बाटो समात्ला भन्ने विश्वास गरेका थिए । तर सोनाक्षी सिन्हा र अक्षय कुमार अभिनित जोकरले साँच्चीकै अक्षय कुमारलाई जोकर नै बनाएको छ, अर्थात् जोकर अक्षयको सबैभन्दा फ्लप फिल्म बन्ने बाटोतर्फ अग्रसर भएको छ ।
जोकरले रिलिजको दिनमा भारत र विदेशमा सबै खासै कलेक्सन गर्न नसकेपछि यो फिल्म साँच्चीकै फ्लप हुने अनुमान गरिएको हो । सलमानको टाइगरले तताएको बलिउड फिल्मी बजार जोकरको आगमनसँगै स्वात्तै सेलाउन पुगेको छ ।


शनिवार रिलिज भएको दिनमा जोकरले भारतभर गरेर केवल ५ करोड भारु मात्र कमाउन सफल भएको छ । त्यस्तै दोश्रो दिन शनिवार यो फिल्मले भारतमा साढे ४ करोड कलेक्सन गरेको छ । दुइ दिनमा गरेर देश भित्र र बाहिर गरी जोकरले झण्डै १० करोड मात्र कमाउन सकेको छ । भारतका विभिन्न २२ सय वटा हलमा एकैसाथ जोकर रिलिज भएकोमा फिल्म हलका केवल १५ देखि २० प्रतिशत सिट मात्र भरिएका छन् । रिलिजको दिनमै हलका सबैजसो सिट रित्तै हुन पुगेपछि जोकरले अक्षय र सोनाक्षीलाई मात्र होइन फिल्म निर्माता तथा निर्देशकलाई पनि साँच्चीकै जोकर बनाउने लक्षण देखाएको छ ।
अक्षय कुमार, सिरिस कुन्दर तथा फराह खानले मिलेर बनाएको जोकर फिल्मको निर्माणमा ५० करोड भारु खर्च भएको थियो । तर सुरुवाती दिनको लक्षण हेर्दा जोकरले आफ्नो प्रोडक्सन कस्ट पनि उठाउन मुस्किल पर्ने देखिएको छ ।

0 comments:

Post a Comment

Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...