Pages

Powered by Blogger.

Wednesday, August 29, 2012

टाइगर’को कमाई २ अर्ब नाघ्यो, ‘थ्री इडियट्स’लाई जित्ने अनुमान

इदको अवसर पारेर गएको अगष्ट १५ मा रिलिज भएको बलिउड फिल्म ‘एक था टाइगर’ले बक्स अफिसमा तहल्का मच्चाउने क्रममा किर्तिमान माथि किर्तिमान थपिरहेको छ ।
सलमान खान तथा कटरिना कैफ अभिनित टाइगरले दुइ हप्ता नपुग्दै २ अर्ब भन्दा बढि कमाएर नयाँ किर्तिमान राख्न सफल भएको हो । पाँच दिनमै १ अर्ब कमाउन सफल भएको यो फिल्मले भारत र विदेशमा गरी अहिलेसम्म २ अर्ब १० करोड कलेक्सन गरेको बताइएको छ । टाइगरले भारतमा मात्रै १२ दिनमा १ अर्ब ७५ करोड भारु कमाइसकेको छ ।



यो सँगै एक था टाइगरले सबैभन्दा बढि कमाउन सफल आमिर खानको फिल्म ‘थ्री इडियट्स’को किर्तिमानी तोड्ने अनुमान गरिएको छ ।
स्मरण रहोस् थ्री इडियट्सले भारतमा मात्रै २ अर्ब २ करोड कमाइ गरेको थियो । सबैभन्दा बढि कमाइ गर्ने फिल्मको तेश्रो स्थानमा रहेको सलमानकै बडिगार्डले १ अर्ब ४८ करोड कमाएको थियो ।

0 comments:

Post a Comment

Join this site

 

Blogroll

Related Posts Plugin for WordPress, Blogger...