असोज १२ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म भिसा गर्लको
पब्लिसिटी डिजाईनका बारेमा फिल्मीखबरले पब्लिसिटी डिजाईनर स्वप्निल
आचार्यसँग सम्पर्क गर्यो । फिल्मको पब्ल्सिटी डिजाईन कमै मात्र हुने यो
हाम्रो उधोगमा स्वप्निलले गरेको डिजाईन यस्तो छ -
'यो मन त मेरो नेपाली हो' कन्टेस्ट
बिगत केहि साता देखि फिल्मको युनिट १९७४ एडी व्याण्डको 'यो मन त मेरो
नेपाली हो' बोलको गीतलाई प्रयोग गरि पब्लिसिटीमा जुटेको छ । देशका मुख्य
मुख्य शहरमा पुगि युनिटले सर्वसाधारण दर्शकलाई यो गीत गाउन लगाउँदै त्यसको
भिडियो रेकर्ड र नाम ठेगाना लिने गरेको छ । सबै शहरमा पुगेपछि फिल्म रिलिज
हुनु पूर्व युनिटले तीन जना बिजेता घोषणा गर्नेछ र फिल्मको प्रिमियरमा
सहभागी गराउने छ । साथमा बिजेताले केहि आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त
गर्नेछन् ।
त्यति मात्र हैन भिडियोमा अटाएका ति दर्शकलाई फिल्मको अन्तिम कास्टिङमा
पनि राखिनेछ । यस्तै यो कन्टेस्टमा बिदेशमा रहेका नेपालीहरूले पनि भाग लिन
सक्नेछन् । जसका लागि यो मन त मेरो नेपाली हो गीत रेकर्ड गरी यू ट्यूबमा
अपलोड गरेर फिल्म युनिटलाई लिङ्क पठाउनुपर्नेछ । यो कन्टेस्टका लागि युनिट
हेटौंडा, चितवन र पोखरा पुगिसकेको छ भने यहि साता पूर्वी शहर पुग्नेछ ।
जसको प्रतिनिधित्व नायकद्धय विनय श्रेष्ठ र कर्मले गर्नेछन् । त्यसैले
सूदूर पश्चिमकी चेली नायिका ऋचा शर्मा भने अर्को साता मध्यपश्चिम र सूदूर
पश्चिम पुग्ने छिन् ।
0 comments:
Post a Comment