Wednesday, August 14, 2013
Monday, July 22, 2013
फेसबुकमा १ सेयरले १ लाखको सजाय ! भन्दैछन् 'कमाएको नि बाचेन, नाम पनि बाँकी रहेन'
साउन ५ । समय असार ५ गतेको हो । काभ्रे बनेपाका भवनाथ सापकोटा आफ्नै काममा व्यस्त थिए । अचानक उनलाई ल्याण्डलाइनबाट फोन आयो ।
के छ हौँ भवनाथ ?
मेरो त ठिक छ । अनि तिम्रो के छ त ?
मेरो नि ठिक छ नि । अनि भेट्ने होइन ?
भोलि होइन र फ्लाइट ? तिम्रो भोलिको होइन र टिकट ?
कहाँ हुनु आज हो नि, अब एकछिन पछि जाने । आउ छिटो भेट्न ।
कहाँ भेट्ने त.... ?
........ठाउँमा ।
त्यसपछि भवनाथले आफ्ना साथी भनिएका व्यक्तिलाई भेट्छन् । तर, त्यति बेला उक्त साथी, साथी नभएर प्रहरी रहेको हुन्छ । त्यतिबेलै उनको हातमा हतकडी लाग्छ । र उनलाई हनुमान ढोका पुर्याइन्छ ।
यो कुनै फिल्मको स्क्रिप्ट भने होइन । नेकपा माओवादीकी प्रवक्ता तथा पोलिटब्यूरो सदस्य पम्फा भुसालको नाम पनि उल्लेख गरेर नारी जातिलाई नै लज्जित पार्ने कुरा एउटा फेसबुक आइडीबाट सेयर गरिएको थियो । त्यही कुरालाई भवनाथले पनि आफ्नो फेसबुकमा सेयर गरिदिए त्यसपछि प्रहरीले उनलाई विद्युतिय अपराध ऐन अनुसार पक्राउ गरेको थियो । पक्राउ पछि अदालतले उनलाई १ लाख धरौटीमा छाडिदिएको छ । सामान्य परिवारका उनका परिवारले निक्कै दुःख गरेर १ लाखको धरौटी जिल्ला अदालत काठमाडौँमा बुझाएपछि २७ दिन हिरासत जीवन बिताएर भवनाथ निस्किएका छन् ।
नेतृ पम्फा भुसालले फेसबुक चलाउने भएपनि उक्त समाजमै घृणा फैलाउने तवरको कुरा भने देखेकी थिइनन् । पछि उनका एक सहयोगीले भनेपछि भने उनले थाहा पाएकी हुन् । त्यसपछि तिनै सहयोगीले प्रहरीमा उजुरी दिएका थिए । त्यसैको आधारमा प्रहरीले मुख्य स्टाटस लेख्ने व्यक्तिलाई पक्राउ अहिलेसम्म गर्न नसकेपनि विद्युतिय ऐन अन्तर्गत त्यस्ता कुरा लेख्ने तथा लेख्न लगाउने तथा उत्साहित गर्नेलाई कारबाही हुने उल्लेख गरिएकाले भवनाथलाई पक्राउ गरी अदालतमा बुझाएको थियो ।
तर, अदालतले उनलाई महंगो साबित हुने गरी धरौटी मागेको हो । एक कानुन व्यवसायीका अनुसार प्रहरीले नेताको नाम जोडिएका कारण प्रमाण अलिक दह्रो गरी बनाएको हुनसक्ने र त्यसैको आधारमा ठूलो धरौटी मागेको हुनसक्ने बताए ।
के भन्छन् त एक लाख तिर्ने भवनाथ ?
धरौटी तिरेर निस्किएपछि भवनाथले भने आफू साइबरमा भएको बेला अन्जानमा क्लिक भएर उक्त कुरा सेयर हुन पुगेको हेलोखबर डटकमसँग बताए । उनले आफूले कुनै नियोजित रुपमा भन्दा पनि आफू कम्प्युटर कसरी चलाउने भन्ने सिक्दै गर्दा उक्त कुरा पनि सेयर हुन गएको तर जानी जानी भने नगरेको बताए ।
फेसबुकहरुमा त्यसरी लाइक सेयर गर्दा कारबाही हुन्छ भनेर आफूले थाहा पनि नपाएको भन्दै उनले अरुलाई सचेत भएर चलाउन आग्रह पनि गरेका छन् । 'मैले त नबुझी चलाउँदा सबै सिद्धियो, सम्पत्ति, नाम केही पनि रहेन' उनले हेलोखबरसँग भने- 'तपाईहरु भने लाइक गर्दा, सेयर गर्दा तथा लेख्दा सोचेर, बुझेर, पढेर मात्रै गर्नुहोस् । नजाने बरु नगर्नुहोस् ।'
एमाओवादी निकट विद्यार्थी संगठनका जिल्ला सदस्य समेत रहेका उनले यति ठूलो धरौटी अदालतले माग्दा आश्चर्यमा परेको बताए ।
अन्जानमा गल्ति भए पनि यति ठूलो धरौटी नमागिदिएको भए हुन्थ्यो भन्दै उनले आर्थिक समस्यामा परेकाले सहयोगको अपिल पनि गरे ।
यस्तै, भवनाथकी बहिनी भवानी सापकोटाले भने भाई पार्टीमै लागेर सहयोग गर्दै आएको भएपनि अप्ठ्यारो पर्दा कसैले सहयोग नगरेको दुःख व्यक्त गरिन् । आफूले सक्ने जतिलाई र भेट्ने जति सबैलाई भने पनि कसैले सहयोग नगरेको भन्दै दाईलाई यस्तो भयो भनेर भन्न जाँदा कति खुट्टा दुखेको छ भन्ने कुरा आफूले भन्न नसक्ने बताइन् ।
अदालतले त्यति ठूलो धरौटी मागेकोप्रति पनि उनले दुःख व्यक्त गरेकी छन् । 'ज्यान मारेकाहरु पनि सानो धरौटी रकममा छुट्ने गरेको भएपनि दाईको सामान्य विषयमा भने १ लाख धरौटी माग्नुमा न्यायाधिशले आफूहरुले केही गर्न नसक्ने र कोही पनि नभएको देखेर हेपेका हुन्' उनले निक्कै भावुक र आफूलाई सम्हाल्दै भनिन् ।
किन भवनाथ मात्रै जाकिए त ?
उक्त घटनाका मुख्य व्यक्ति अझै पक्राउ पर्न सकेका छैनन् । तर, सेयर गर्ने मात्रैलाई भने अदालतले ढाड सेक्ने गरी धरौटी मागेको हो । अब मुख्य व्यक्तिलाई पक्राउ गर्न अदालतले फेसबुकलाई पत्र काटेपछि फेसबुकले आईपी ठेगाना पठाउन साथ मुख्य व्यक्ति पनि पक्राउ पर्ने हनुमान ढोका साइबर क्राइम विभागका प्रमुख पशुपति राय बताउँछन् । उनका अनुसार मुख्य व्यक्तिका साथै लाइक तथा सेयर गर्ने करिब २ दर्जनलाई प्रहरीले खोजिरहेको छ ।
के भन्छ त प्रहरी ?
विद्युतिय ऐनमा कारबाही निक्कै कडा खालको भएकाले प्रहरीले सामाजिक सञ्जालहरु प्रयोग गर्दा सचेत भएर गर्न सबै प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।
जो कोहीले प्रहरीमा उजुरी गरेमा दोषीलाई पक्राउ गरी अदालतमा बुझाउनु आफ्नो कर्तव्य भएको प्रहरीको भनाई छ । तर त्यसरी बुझाउँदा ऐनमा कडा व्यवस्था भएकाले उक्त कारबाहीको भागीदार हुनु भन्दा आफैँ सचेत हुनुपर्नेमा प्रहरीको जोड छ ।
हनुमान ढोका प्रहरी प्रभागका प्रमुख एसएसपी विजयलाल कायस्थले कसैलाई पीडा पर्ने, हानी नोक्सानी हुने कुरा लेख्ने, फोटो बिगारेर सेयर गर्ने, ट्याग गर्ने, लाइक गर्ने जस्ता काम गर्नु पनि दोषी हुने भएकाले त्यसमा सचेत हुनुपर्ने बताउँछन् ।
पुरानै ऐन ?
प्रहरीले फेसबुक तथा ट्विटर जस्ता सामाजिक सञ्जालमा आवद्धलाई मात्रै होइन व्यवसायिक अनलाइनका पत्रकारहरुलाई पनि यही विद्युति ऐन अन्तर्गत जाक्ने गरेको छ ।
बैंकहरु ह्याक गर्ने, विद्युतिय माध्यमबाट अरुलाई क्षति पुर्याउने जस्ता विषयको नियन्त्रण गर्न विद्युतिय ऐन बनाइएको भएपनि यसले पछिल्लो समय विकास र तिब्र रुपमा वृद्धि हुँदै गएको अनलाइन पत्रकारिता तथा सामाजिक सञ्जालहरुलाई सम्बोधन गर्न सक्ने देखिन्न ।
तर, अहिले यसैको आडमा कारबाही हुँदै आएको छ । यसमा समयानुकल कानुनको परिमार्जन तथा ऐन कानुनको विकास हुन सकेको छैन भने साइबर क्राइम भनेको के हो र कस्तो हो भनेर सम्बन्धित पक्षले सर्वसाधरणसम्म जनचेतना फैलाउन सकेका छैनन ।

सलमान र साहरुखको दुस्मनीको अन्त्य
असार ७ । मुम्बईमा आइतबार राती पाँच वर्ष पछि बलिउडका सफल नायक एक स्थानमाअङ्गालोमा समेटिएका छन् ।
बलिउडमा सलमान खान र साहरुख खान बिगत लामो समयदेखि बेलचाल बन्द थियो । यी दुईखानको एक आपसको मनमुटाव पनि सकिएको बताइएको छ ।
नयाँ सम्वन्ध गासिएको भारतिय सन्चार माध्यमले जनाएका छन । यसै गरि दुई
खान आफ्नो सामाजिक सन्जाल ट्विटरमा लेखेका छन आउदो इद र दीपावली पनि
साथ साथै मनाउने बताएका छन ।
मुम्बईमा काँग्रेस विद्यायक बाबा सिद्दीकीले आयोजना गरेको इफ्तार पार्टीमा
दुई खान एकै स्थानमा देखिएका हुन । यि दुई खान सन् २००८ मा कैटरिना कैफको
जन्मदिनमा झगडापछि एक अर्काबीचको बोलचाल नै बन्द भएको थियो । तर झगडा के
विषयमा भएको थियो भन्ने अहिले सम्म बाहिर आएको छैन ।
यो मिलनले बलिउडमा सलमान र साहरुखका फ्यानहरु खुसी भएका छन ।
Thursday, July 18, 2013
Raanjhanaa second weekend collection at Box Office
Mumbai: Hindi movie Raanjhanaa, which did excellent business in the
first week, has continued to keep the bells ringing at the Indian Box
Office in the second week. With its collection crossing Rs 10.70 crore
in the second weekend, the Dhanush and Sonam Kapoor starrer has landed
in the second place, while the new release Ghanchakkar starring Emraan
Hashmi and Vidya Balan in leads topped the domestic collection chart.
Trade experts had predicted that much-talked about movie Ghanchakkar
would slow the business of Raanjhanaa. As predicted, the Emraan-Vidya
obviously took a toll on the collection of latter on the first day in
the second week. When compared to its opening day business, the movie
witnessed 60%+ dip on its second Friday.
But Raanjhanaa sprung back from the ashes on Saturday and that was due
to the negative response for Ghanchakkar. It became the first choice for
many film goers across the country and its business improved
considerably on Saturday and Sunday. The film collected Rs 10.70 crores
nett at the Indian Box Office in second weekend. Its breakup is Rs 2.35
cr on Fri, Rs 3.65 cr on Sat and Rs 4.70 cr on Sun.
With this, Raanjhanaa has collected a total of Rs 45.63 crores nett at
the domestic Box Office in 10 days. The Dhanush and Sonam Kapoor starrer
is expected to surpass Rs 50 crore mark by the end of its second week.
Friday, July 5, 2013
ऐश्वर्याकी छोरी, अभिताभकी नातिनीलाई ८० करोडको घर
बडिउड उद्योगका महानायक अमिताभ बच्चनले आफ्नो नातिनीका लागि ८० करोडको एउटा घर किनिदिएका छन ।

उनले आफ्नो नातिनी आराध्याको नाममा एक घर किनिदिएको उनी निकट परिवार स्रोतले बताएको छ ।
यस भन्दा अगाडी उनले नातिनीको लागि कार पनि किनिदिएका थिए ।
अमिताभले नातिनीलाई परिवारमा सबै भन्दा माया गर्ने गरेको बताइएको छ । उनी सदा नातिनीको भविष्यको बारेमा सोच्ने गरेको पनि भारतीय सञ्चारमाध्यमहरु बताउँछन् ।

Subscribe to:
Posts (Atom)