चार दिनमै उतारियो जीवन साथी
फिल्म हलवालाहरूबाट निर्माताहरू पिडित हुँदै आएको खबर हामीले प्राय
सुनिरहेका हुन्छौं । कहिले फिल्म चल्दा चल्दै उतारेर त अखिलेकहिले समयमा
भुक्तानी नगरेर अनि कहिले पाईरेसी गरेर फिल्म निर्माताहरूले दु:ख झेलिरहेका
भेटिन्छन् । यहि दु:खको मारमा फिल्म मेरो जीवन साथीका निर्माता सूर्य
कार्की पनि परेका छन् ।
कुरा पूर्वको धरानमा अवस्थित गणेश हलको जहाँ सोमबार मेरो जीवन साथी रिलिज
गरि शुक्रबार नै उतारिएको छ । गत शुक्रबार हिन्दी फिल्म तलास रिलिज गरेको
सो हलले निर्माताको आग्रहमा सोमबारबाट मेरो जीवन साथी लगाएको थियो । तर ४
दिन नपुग्दै फिल्म उतारिदिएपछि निर्माता कार्की तनावमा छन् । फिल्म चल्ने
बेलामा उतारिदिए पछि आफूलाई ठूलो मर्का परेको निर्माता कार्कीको भनाई छ ।
यता हलका बोर्ड अफ डाईरेक्टर रञ्जित श्रेष्ठले होल्डओभर नपुगेकाले फिल्म उतार्न परेको बताए । फिल्मीखबरसँग कुरा गर्दै श्रेष्ठले भने, 'बिहिबार २० हजारको कलेक्सन हुनुपर्नेमा १६ हजार चानचुन कलेक्सन भएको छ । होल्डओभर पुगेन र हामीले उतारेर हिन्दी फिल्म खेलाडी ७८६ लगाएका हौं ।' शुक्रबार रिलिज नगरी किन सोमबार त भन्ने जिज्ञासामा श्रेष्ठले भने, 'सोमबार फिल्म चेञ्ज गर्नुपर्ने थियो अनि निर्माण युनिटले चलाईदिन आग्रह गरेकाले हामीले चलाएका हौं ।'
0 comments:
Post a Comment