बाटोमा हिँड्दा तपाईं महिलाको कुन अङ्ग हेर्नुहुन्छ ? 'खै पर्टिकुलर,
त्यस्तो हेर्ने गरिएको त छैन, तर पुरुषहरूको ध्यान सबैभन्दा पहिले स्तनमै
जान्छ जस्तो लाग्छ, मेरो पनि त्यही नै हो,' गायक निमा रुम्बाले साप्ताहिकको
केवल एक प्रश्नका लागि सोधिएको प्रश्नमा दिएको उत्तर हो यो। युवतीलाई झट्ट
हेर्दा स्तनमा आँखा जाने निमा एक मात्र पात्र होइनन्, एक अमेरिकी
विश्वविद्यालयको अध्ययनअनुसार ७१ प्रतिशत पुरुष महिलाको स्तनमा पहिलो नजर
लगाउँछन्। हजारौं पुरुषबीच गरिएको उक्त सर्वेक्षणमा सहभागीहरूले खुलेरै
स्तन सौन्दर्यको प्रशंसा गरेका थिए।

उक्त
अनुसन्धान अध्ययन भन्छ- 'विश्वभरका अधिकाशं पुरुष महिलाको स्तनप्रति
आकषिर्त हुन्छन्, महिलाका विभिन्न आकारका स्तनको दृश्य हेर्न पाउँदा
पुरुषहरू खुसी हुन्छन्। खासगरी ठूला वा मध्यमस्तरका कसिला स्तन पुरुषको
प्राथमिकतामा पर्छन्। स्तनपछि महिलाका आँखा र नितम्बले पुरुषलाई मोहित
तुल्याउँछन्।' अध्ययनअनुसार पुरुषहरूमा स्तन स्पर्श गर्ने चाहना पनि
उत्तिकै पाइन्छ। चिकित्सकीय भाषामा नरम ग्रन्थि -सफ्ट ग्लान्ड) का रूपमा
परिचित स्तनको प्राकृतिक भूमिका आफ्नो ठाउँमा छ तर नारीको सौन्दर्य बढाउन
यसले निकै प्रभावकारी भूमिका निर्वाह गर्छ।

महिलाहरूलाई
पनि राम्रोसँग थाहा छ, पुरुष नजर स्तनमा हुन्छ भन्ने कुरा। त्यसैले आफ्ना
स्तनबाट उनीहरूलाई प्रभावित तुल्याउन महिलाहरू उत्तिकै प्रयास गर्छन्। केही
समयअघि नायिका एवं गायिका पूजा लामाले साप्ताहिकसँग भनेकी थिइन्- 'स्तन
आकर्षक देखाउन सर्जरी गराउने योजनामा छु, सम्भव भए सर्जरी गराउनेछु।' पूजा
निकटस्थ स्रोतका अनुसार उनले सर्जरी गरेर स्तनको आकार बढाएकी पनि छिन्।
नेपालको हकमा सर्जरी गरेर वा सिलिकन राखेर स्तन बढाउने कुरा अनौठो लागे पनि
विश्वव्यापी रूपमै यो सामान्य कुरा भैसकेको छ।
स्तनलाई ग्लामरका रूपमा लिइनुको पछाडि यसप्रतिको आकर्षणले नै काम गरेको
हुन्छ। पुष्ट स्तनको माथिल्लो भाग र 'क्लिभेज' देखाउने ट्रेन्ड पनि उत्तिकै
प्रयोगमा छ। यसमा विदेशका मात्र होइन, स्वदेशका सेलिब्रेटीहरू पनि कम
छैनन्। उत्कृष्ट सौन्दर्यकी धनी नायिका करिश्मा मानन्धर पनि क्लिभेज देखाउन
पछि पर्दिनन्।
ब्रेस्ट सर्जरी गरेर स्तनको आकार बढाउने बलिउड नायिकाहरू बिपाशा बसु,
सुस्मिता सेन, आयशा टाकिया, मल्लिका सेरावत, राखी सावन्त, पूनम पाण्डे,
मनीषा कोइराला आदिका बारेमा थुप्रै समाचार आइसकेका छन्। चलचित्र वान्टेडमा
अभिनय गर्नुअघि सिलिकन इम्प्लान्ट गरेकी आयशाले पछि ठूलो स्तनकै कारण काँध
दुख्ने समस्या बढेपछि फेरि शल्यक्रिया गरेर बढाएको स्तनलाई पुरानै अवस्थामा
ल्याउनुपर्यो। सिलिकन राखेर स्तनको आकार बढाउने पश्चिमी समाज खासगरी
हलिउड अभिनेत्रीहरूको ट्रेन्डलाई बलिउड अभिनेत्रीहरूले पनि पछ्याए। यो क्रम
अब नेपालमा पनि भित्रिने तयारीमा छ।
महषिर् वात्सायनले आफ्नो कृति कामसूत्रमा नारीलाई चार प्रकारमा वर्गीकरण
गरेका छन्, जसमा स्तनको महत्व पनि उत्तिकै पाइन्छ। पद्मिनि, चित्रिणी,
शङ्िखनी र हस्तिनी चार प्रकारका नारीमा पद्मिनीको गुणमा स्त्रीको शरीर न
धेरै अग्लो न धेरै होचो। स्त्रीमध्येमा सर्वश्रेष्ठ वर्ग। यिनको आँखा
हरिणको जस्तो, फूलजस्तो सलक्क स-साना पोरा भएका नाक, पुष्ट र ठाडा स्तन,
केशराशि कालो, मुहार पूणिर्माको चन्द्रमाजस्तो चम्किलो र बोली विनम्र
हुन्छ। यसले पूर्वीय सभ्यतामा स्तनको महत्वलाई झल्काउँछ।
'प्लास्टिक सर्जरीभित्रको 'कस्मेटिक सर्जरी' गर्न थालिएको दुई-चार वर्ष
मात्र भएको छ।' नेपाल स्किन हस्पिटल, बुद्धनगर, बानेश्वरका कस्मेटिक सर्जन
डा. जसवन शाक्यले भने- 'कस्मेटिक सर्जरी महँगो र सौख पूरा गर्नेहरूको
प्राथमिकतामा पर्ने भएकाले पनि यसले भर्खरै मात्र बजार पाउन थालेको हो।'
डा. शाक्यका अनुसार अहिले प्रतिदिन कस्मेटिक सर्जरीको बजार बढ्दो छ।
नेपालमा उपलब्ध एक दर्जन प्लास्टिक सर्जनमध्ये झन्डै आधा दर्जनले मात्र
कस्मेटिक सर्जरीको काम गर्छन्। 'तीन करोड जनतामा ५-६ जना कस्मेटिक सर्जन
हुनु केही नै होइन,' डा. शाक्य भन्छन्- 'तर कस्मेटिक सर्जरीमा चासो नै
नभएको स्थानमा हामी नै धेरै जस्ता भएका छौं।' सुष्मा कोइराला मेमोरियल
अस्पतालका मेडिकल डाइरेक्टर डा. शाक्यका अनुसार आकर्षक देखिन चाहनेहरू
कस्मेटिक सर्जरी गराउन थालेका छन्।
बजारमा स्तन बढाउने उपाय भनेर उपचारका थुप्रै विधिसम्बन्धी विज्ञापन पनि
उत्तिकै आइरहेका हुन्छन्। स्तन सानो भएकालाई ठूलो बनाउन वा ठूलो भएकाहरूलाई
सानो बनाउन आयुर्वेदिक तथा नन आयुर्वेदिक औषधीको प्रचार हुनुले पनि यो
क्षेत्रको व्यवसाय फराकिलो हँुदै गएको प्रस्ट हुन्छ। डा. शाक्यका अनुसार
विज्ञापन थरी-थरीका आए पनि स्तन बढाउन वा घटाउन सर्जरी गर्नुबाहेक अन्य
कुनै उपायले काम गर्दैन। सर्जरीमा स्तन बढाउन त्यसको भित्री भागमा सिलिकन
राखिन्छ।
नेपाल स्किन हस्पिटलकै छाला तथा यौन रोग विशेषज्ञ डा. ललन खतिवडाका अनुसार
सौन्दर्य बढाउन गरिने कस्मेटिक सर्जरीमा पनि ९० प्रतिशत मानिस सौखका रूपमा
आफुलाई अझ आकर्षक देखाउने चाहनाले आएका हुन्छन् भने १० प्रतिशतका निम्ति
कस्मेटिक सर्जरी गराउनु बाध्यता हो। हस्पिटलमा सानो स्तन भएका कारण छोरीको
विवाह नभएको भन्दै एक आमा आएको प्रसंग डाक्टर शाक्यले सुनाए। स्तन सानो भए
वा आवश्यकभन्दा धेरै ठूलो भए सामाजिक रूपमै महिलालाई गाह्रो हुन्छ।
चिकित्सकहरू यसलाई बाध्यताका रूपमा आउनेहरूको क्याटोगरीमा राख्छन्, तर अन्य
महिलाहरू भैरहेको स्तनलाई कसिलो, ठाडो वा ठूलो बनाउन आउँछन्।
'नेपाली चलचित्र एवं गायन क्षेत्रका सेलिब्रेटीहरू ब्रेस्ट सर्जरीका
बारेमा बुझ्न आएका छन्, उनीहरूले यस विषयमा विस्तृत बुझेर के गर्ने भनेर
परामर्शसमेत गरेका छन्,' सेलिब्रेटीहरूको नाम गोप्य राख्दै डा. शाक्यले
भने- 'एक जना सेलिब्रेटीले मसँगको परामर्शपछि बैंककमा गएर शल्यक्रिया
गराइन्।' स्तन सानो भएका कारण कप वा भित्र फोम राखेर ठूलो देखाउँदै आएकी
उनले ब्रेस्ट सर्जरी गरेपछि आकर्षक स्वरूप पाएको डा. शाक्यले बताए। 'मैले
नेपालमा ६ जनाको ब्रेस्टमा सिलिकन इम्प्लान्ट गरेको छु, तर मैले गरेकाहरू
आममानिस हुन्, जो बाध्यता र सौख दुवै कारणले आएका थिए।' डा. शाक्यले भने-
'यो शल्यक्रिया उत्तिकै चुनौतीपूर्ण हुन्छ, एकपटक राखेको सिलिकन नमिलेको
खण्डमा फेरी दोहोर्याएर राख्न मिल्दैन, नयाँ नै राख्नुपर्छ।' स्तन बढाउन
सिलिकन राखेर गरिने शल्यक्रियामा इन्फेक्सन हुने वा रगत जम्ने समस्या पनि
उत्तिकै हुनसक्छ। अनुभवी शल्य चिकित्सकबाट मात्र यो उपचार गराउनुपर्छ।
शल्यक्रियाका क्रममा सयमा ३ जनाको असफल हुने सम्भावना रहन्छ।
ब्रेस्ट सिलिकनको मूल्य नै १ लाखदेखि १ लाख ५० हजार रुपैयाँ पर्छ।
चिकित्सकले शल्यक्रियाका लागि ५० हजार रुपैयाँ शुल्क लिन्छन्। यसरी हेर्दा १
लाख ५० हजार देखि २ लाख रुपैयाँसम्म खर्च हुने देखिन्छ। निम्न मध्यम
वर्गका लागि खर्चिलो लाग्ने सिलिकन इम्प्लान्ट सबैको पहुँचमा नभएको
विज्ञहरू बताउँछन्। ब्राजिल र अमेरिकामा बनेको सिलिकन गुणस्तरीय मानिन्छ तर
नेपालमा प्रत्यक्ष सिलिकन भित्र्याउने व्यवसायीहरू नभएकाले भारतमा निर्भर
हुनुपरेको छ। परिणामस्वरूप सिलिकनको मूल्य केही महँगो छ। 'दुई छोराछोरी
भएकी एक महिलाले आफ्ना साह्रै साना स्तनका कारण सम्बन्धविच्छेद हुन लागेको
बताइन्,' ब्रेस्ट सर्जन शाक्यले भने- 'उनको अवस्था हेरेर सर्जरी गरियो,
अहिले उनी एकदमै खुसी छिन्, परिवार र उनका श्रीमान् पनि खुसी छन्।' यस्तै
२१ वर्ष पुगेकी एक युवती आफ्नो सपाट छाती लिएर आइन् र समस्या सुनाइन्।
भविष्यमा विवाह हुन नसक्ने आशंकाले भयभीत ती युवतीले स्तन लगभग नभएको
अवस्थामा सामाजिक रूपमै खेप्नु परेको पीडा सुनाएको डा. शाक्यले सुनाए।
कतिपय युवतीको स्तनको टुप्पो -निप्पल) भित्र दबेको हुन्छ। यस्तो अवस्थामा
शल्यक्रिया गरेर निप्पल निकाल्नुपर्ने हुन्छ। नेपालमा पनि निप्पलभित्र भएर
समस्यामा परेका युवतीहरू प्रशस्तै भएको डा. शाक्यले बताए। शाक्यका अनुसार
हालै मात्र उनले एक १८ वषर्ीया युवतीको यस्तै समस्या निराकरण गरेका छन्।
सिलिकन राखेर ब्रेस्ट इम्प्लान्ट गर्ने इच्छा अमेरिका, युरोपमा बस्दै आएका
नेपाली महिलाहरूले पनि जाहेर गर्न थालेको शाक्यले बताए। त्यहाँ एकदमै महँगो
पर्ने भएकाले नेपाल आएको समयमा उपचार गर्ने योजना बनाएको उनीहरूले बताउने
गरेका छन्। बेलायतमा बस्ने केही युवतीले कस्मेटिक सर्जरीका अन्य उपचारहरू
नेपाल आएर गरेको अनुभव पनि डा. शाक्यसँग छ।
स्तन किन सानो वा ठूलो हुन्छ ?

स्तन
सानो वा ठूलो हुनु नारीको शारीरिक विकासमा निर्भर हुन्छ। स्तन भनेको
तन्तुहरू मिलेर बनेको एउटा ग्रन्थि हो, जसलाई चिकित्सकहरू ग्लान्ड भन्छन्।
हार्मोनका कारण व्यक्तिपिच्छे स्तनको आकार घटबढ हुन्छ। हार्मोन बढ्दा
स्तनको आकार ठूलो हुने र घट्दा सानो हुने हुन्छ। थाइराइडले पनि स्तनको आकार
बढाउने वा घटाउने काम गर्छ। थाइराइड भएपछि तौल बढ्ने क्रममा स्तन पनि
बढिरहेको हुन्छ, डा. शाक्यले भने, 'त्यस्तो अवस्थामा हार्मोन विशेषज्ञको
रायअनुसार काम गर्नुपर्ने हुन्छ। १७ वर्षकी एक नेपाली किशोरीको स्तन
अत्यधिक ठूलो भएको अवस्थामा सबै जाँचपछि उनको स्तन घटाउने शल्यक्रिया
गरिएको डा. शाक्यले बताए। उनको दुईवटा स्तनबाट १ किलो मांसपेशी हटाउँदा
स्तन केही सानो भयो। उनको फेरी शल्यक्रिया गरेर उपयुक्त साइजमा ल्याउन
सकिने उनको भनाइ थियो। यसरी स्तनको आकार घटाउँदा भने कुनै तन्तु काटिएर पछि
ब्रेस्ट फिडिङका लागि दूध नआउने सम्भावना पनि हुन्छ। चिकित्सकहरूका अनुसार
किशोर अवस्थादेखि युवावस्थाको मध्यसम्म स्तन कसिलो नै रहन्छ, तर त्यसपछि
क्रमशः झोल्लिन थाल्छ, विवाह गरेर स्तन झोल्लिएका महिलाहरू स्तन कसिलो
बनाउन चाहन्छन्। त्यसका लागि छाला काटेर कसिलो बनाइन्छ। स्तन क्यान्सर भएर
स्तन काट्नु परेकाहरूले पनि पछि सिलिकन इम्प्लान्ट गरेर स्तनलाई आकार दिन
सक्छन्। स्तन ठूलो भएका अधिकाशंलाई ब्याक पेन तथा काँधमा भारी अनुभव हुने
चिकित्सकहरूले बताए।
स्तन "स्तनपान" का लागि बनेको हो भन्ने कुरा मान्नुहुन्छ ?

सुमिना घिमिरे, नायिका ः प्रकृतिले सन्तानको आहारका लागि बनाइदिएको हो।
विनिता बराल, नायिका ः मान्दिनँ, सन्तान प्राप्तिपछि चाहिँ स्तनपानका
लागि नारीलाई भगवान्ले दिएको वरदान हो, तर म ब्रेस्टलाई नारी भनेर चिनाउने
अंगका रूपमा लिन्छु।
दीपाश्री निरौला, हास्य अभिनेत्री ः स्तनपानका साथै आकर्षणका लागि पनि बनेको हो।
ज्योति मगर, लोक गायिका ः स्तनपानका लागि हो, तर युवतीहरूको सौन्दर्य पनि
स्तनसँग जोडिएको हुन्छ। स्तनले महिलालाई महिला हुनुको परिचय दिन्छ।
स्मिता थापा, मोडल ः मलाई त्यतिका लागि मात्र हो भन्ने लाग्दैन। नारीको
पहिचानका लागि प्रकृतिले दिएको अनुपम उपहार हो। फेरि स्तनलाई म यौन अंगका
रूपमा पनि लिन्छु।

स्तनबिना महिलाको सौन्दर्य हराउँछ भनिन्छ, तपाईं के भन्नुहुन्छ ?
सुमिना ः हो, सौन्दर्य त्यसमा पनि हुन्छ। स्तन नभएको भए त हामीले लगाउने पहिरन पनि चिटिक्क मिल्दैनथ्यो होला।
विनिता ः सौन्दर्यको महत्वपूर्ण अंग भएकाले स्तन भएन भने सौन्दर्य हराउँछ भन्ने कुरा मान्छु।
दीपाश्री ः हो जस्तो लाग्छ। आकर्षक र मिलेको वक्षस्थल सुन्दर शरीरका लागि सुनमा सुगन्धझै हुन्छ।
ज्योति ः स्तन सानो हुँदा महिलाको आत्मविश्वास नै डगमगाउँछ, सामाजिक रूपमा नै सहज महसुस गर्न स्तन आकर्षक हुनुपर्छ।
स्मिता ः हो नि, हराइहाल्छ नि। केटाहरूले टिसर्ट लगाएजस्तो सपाट पो हुन्छ।
'क्लिभेज' देखिने पहिरन र नदेखिने पहिरन लगाउँदा तपाईंलाई हेर्ने नजरमा के फरक पाउनु भएको छ ?
सुमिना ः मैले ध्यान दिने गरेकी छैन। फरक त हुन्छ होला नि।

विनिता ः फरक पाएकी छु। विदेशमा त्यो कुरा सामान्य मानिए पनि हाम्रो समाज यौन कुण्ठित भएकाले क्लिभेज देखाउँदा टीका-टिप्पणी हुन्छ।
दीपाश्री ः फरक पर्छ। मैले बुझेसम्म प्रायः पुरुषको पहिलो दृष्टि नारीको
वक्षस्थलमै पर्छ। अनि 'क्लिभेज' देखिने पहिरन लगाउँदा र नलगाउँदा पुरुषको
हेराइ फरक हुन्छ ।
ज्योति ः क्लिभेज देखिँदा पुरुषहरूको गिद्धे दृष्टि पर्छ भनेर साथीहरू
भन्छन्, तर म फरक ढंगले सोच्छु। कसैले सभ्य तरिकाले हेर्छ भने केही फरक
पर्दैन। क्लिभेज महिलाको सौन्दर्य हो, नजर लगाउन पाइन्छ।
स्मिता ः धेरै फरक पर्छ। मेरो स्तन आकर्षक छ, त्यसैले म प्रायः क्लिभेज देखिने पहिरन नै लगाउँछु। कसैले हेर्दा रमाइलो पो लाग्छ।

कुनै बेला कसैले तपाईंको स्तन आकर्षक छ भनेर भनेका छन् ?
सुमिना ः अहँ, छैन। यो विषयमा कसैले कुरा गरेकै छैनन्।
विनिता ः त्यस्तो 'कम्प्िलमेन्ट्स' पाएकी छैन।
दीपाश्री ः जीउडाल राम्रो छ, शरीर राम्रो छ भन्ने किसिमका प्रतिक्रिया
धेरै पटक पाएकी छु, तर तोकेरै वक्षस्थल आकर्षक छ भन्न सक्ने आँट कसैले
देखाएका छैनन्।
ज्योति ः एकपटक एक जना प्रशंसकले एकदमै गाह्रो मान्दै तपाइर्ंको ब्रेस्ट
असाध्यै आकर्षक छ भनेको सम्झन्छु। यसरी स्तन आकर्षक भनेर प्रशंसा गर्दा
त्यसलाई किन हेल्दी कमेन्टका रूपमा नलिने ?
स्मिता ः धेरै पटक भनेका छन्। त्यसोभन्दा मलाई लाज लाग्छ।
भनिन्छ, ग्ल्यामर क्षेत्रमा महिलाहरूको स्तन आकर्षक र ठूलो देखिनुपर्छ, तपाईंचाहिँ त्यसका लागि के गर्नुहुन्छ ?
सुमिना ः ठूलो भए राम्रो देखिन्छ, त्यसैले सकेसम्म ठूलो देखाउने पहिरन लगाउँछु।
विनिता ः ठूलोभन्दा पनि आकर्षक देखिनुपर्छ भन्ने लाग्छ। मेरो जीउडाल
अनुसार मेरो ब्रेस्ट आकर्षक छ। त्यसैले त्यसलाई थप आकर्षक बनाउन खासै केही
गर्दिनँ।
दीपाश्री ः म मान्छु, आकर्षक र ठूलो देखिनुपर्छ। मैले आफ्ना स्तन आकर्षक देखाउन कुनै मसाज वा शल्यक्रिया गराउनुपरेको छैन।
ज्योति ः आकर्षण हुनुपर्छ। मेरो स्तन ठीक छ जस्तो लाग्छ। मैले आफ्नो स्तन ठूलो बनाउन कुनै मेहनत गरेको छैन ।

स्मिता ः मेरो स्तन प्राकृतिक रूपमा ठूलै छ, त्यसैले साथीभाइहरूले मसाज गराउनुपर्छ भनेर सल्लाह दिँदा पनि त्यति वास्ता गर्दिनँ।
आफ्नो स्तनलाई कस्तो मान्नुहुन्छ, ठूलो, सामान्य कि सानो ?
सुमिनाः सामान्य।
विनिता ः सामान्य।
दीपाश्री ः मझौला।
ज्योति ः केही ठूलो छ ।
स्मिता ः सामान्य युवतीहरूको तुलनामा ठूलो।
स्तन क्यान्सरप्रति कत्तिको सजक हुनुहुन्छ ?
सुमिना ः खासै ध्यान दिएकी छैन।
विनिता ः बेलाबखत चेकअप गराउँछु। एञ्जिलिना जोलीले त्यही कारणले आफ्नो
स्तन गुमाउनु परेको घटनापछि सम्भवतः धेरै महिला मजस्तै सजग भएका होलान् र
हुनु पनि पर्छ।
दीपाश्री ः सचेत छु, तर अहिलेसम्म टेस्ट गराउनुपर्ने कारण भेटेकी छैन। म यो मामिलामा सजक छु।
ज्योति ः स्तनक्यान्सरका बारेमा सुनेकी छु, सचेत पनि छु, तर स्तनक्यान्सर
होला भनेर डराउदिनँ, म केयर पनि गर्छु, राति सुत्दा जहिल्यै ब्रा खोलेर
सुत्छु। धेरै टेन्सन लिन्नँ।
स्मिता ः सजग छु, तर चेकअप गराएकी छैन, अब जानुपर्ला।
कतिपय अवस्थामा स्तन बढाउन असम्भव भएको छ

रूसबाट
जनरल सर्जरीमा एमबीबीएस, एमएस गरेका डा. जसवन शाक्यले दक्षिण कोरियाबाट
प्लास्टिक सर्जरीमा सुपर स्पेसलाइजेसन कोर्स गरेका छन्। उनले ब्रेस्ट
इम्प्लान्टको विशेष ज्ञान पनि हासिल गरेका छन्। नेपाल स्किन हस्पिटल,
बानेश्वर तथा सुषमा कोइराला मेमोरियल अस्पतालमा मेडिकल डाइरेक्टरका रूपमा
कार्यरत डा. जसवनले प्लाष्टिक सर्जरी तथा सिलिकन इम्प्लान्टका बारेमा
साप्ताहिकसँग गरेको कुराकानी ः
कस्मेटिक सर्जरी गर्दैमा नराम्रो मानिस राम्रो बन्न सक्छ ?
कस्मेटिक सर्जरीको सबैभन्दा राम्रो पक्ष भनेको यसले व्यक्तिको आत्मविश्वास
बलियो बनाउँछ। सानो स्तन भएका, दाग भएका, कोठीले कुरुप देखिएका वा जन्मजात
कुनै कारणले विरूप भएकाहरूलाई प्लास्टिक सर्जरीले राम्रो बनाउने भएकाले
व्यक्तिको आत्मविश्वास बढ्छ। प्लास्टिक सर्जरी गरिसकेपछि आउने स्फूर्तिले
मानिसलाई आशावादी बनाउँछ, तर केही मानिस चलचित्रमा जस्तै सम्पूर्ण रूपमै
परिवर्तन चाहन्छन्। हामीले कसैलाई शाहरूख वा माधुरीजस्तो बनाइदिने होइन्।
भगवान्ले सिर्जना गरेको मानिसको रूपलाई नै अर्कै बनाइदिने शक्ति हामीमा
हुँदैन, तर विरूप भएकाहरूको दोष धेरै हदसम्म हटाउन सकिन्छ।
कति प्रतिशतसम्मको दोष हटाउन सकिन्छ ?
मानिसले खोजेअनुसारको रूप दिन नसकिने हो, तर ७० देखि ९० प्रतिशतसम्म
परिवर्तन दिन सम्भव छ। शतप्रतिशत मात्र सम्भव छैन। प्लास्टिक सर्जरीमा
लोकेसन महत्वपूर्ण हुन्छ। कतिपय अवस्थामा बाङ्गो नाक सोझ्याउन सकिँदैन।
कतिपय अवस्थामा स्तनमा सिलिकन राख्न मिल्दैन। सम्पूर्ण जाँच गरिसकेपछि
सम्भव हुन्छ भने मात्र उपचार हुन्छ।
कतिपय विरुप पनि भएका छन् ?
सबै शल्यक्रिया सफल हुन्छन् भन्ने छैन। ५ देखि १० प्रतिशतसम्म असफल हुन्छ।
युट्युबमा प्लास्टिक सर्जरी फेलियर भनेर खोज्नुस्, हजारौं फुटेज भेटिन्छ।
राम्रो गर्न खोज्दा-खोज्दै पनि विपरीत परिणाम आइदिन्छ। हाम्रो केसमा १ सयमा
२ जनाको हकमा त्यस्तो भएको होला। त्यसैले सबै कुरा पहिले नै बताएर मात्र
हामी काम गर्छौं। कतिपय अवस्थामा शरीरले साथ नदिँदा स्तन बढाउन असम्भव भएको
छ। थेप्चो नाक उठाउने, नाकलाई थेप्चो बनाउने जस्ता कार्यमा प्रायः सफलता
मिल्छ तर कहिलेकाहीं असफल पनि हुन्छ। अनुभवी चिकित्सकले गरेको काममा विरूप
बन्ने सम्भावना एकदमै न्युन हुन्छ।
कस्मेटिक सर्जरीका बारेमा बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा ?
मानिसको शरीर एकै किसिमको हँुदैन, त्यसैले कसैले प्लास्टिक सर्जनबाट केही
गरेको भन्दैमा अर्कोले पनि त्यसलाई पछ्याउँदैमा सफलता हात पर्छ नै भन्ने
छैन। यस विषयमा विस्तृत रूपमा बुझ्नु आवश्यक छ। कसैलाई शरीर वा कसैलाई
अपरेसन गरेको घाउले सपोर्ट नगर्न सक्छ। १८ वर्षदेखि माथिकाले कस्मेटिक
सर्जरी गराउन सक्छन्। कस्मेटिक सर्जरी गराएर सलमान खान जस्तो बनिन्छ भन्ने
होइन, तर अनावश्यक रौं हटाउनेदेखि बढेको भुँडी घटाउनेसम्मका शल्यक्रिया
हुन्छन्। प्लास्टिक सर्जरी बुझेर मात्र गराउनुपर्छ, यसका लागि चिकित्सकसँग
सल्लाह लिनुपर्छ।
नेपालमा कस्मेटिक सर्जरी गराउने ट्रेन्ड कस्तो छ ?
नेपालमा दुई-चार वर्षअघि देखि मात्र कस्मेटिक सर्जरी सुरु भएको हो। केही
दिनअघि ६० वर्षका एक पुरुष आँखाभन्दा मुनीको छाला झोल्लिएको भन्दै त्यसलाई
कसिलो बनाउन आउनुभएको थियो। मैले भन्न खोजेको कुरा, यो उमेरका मानिसमा समेत
सौन्दर्य चेत छ भने युवावयका सबैमा अवश्य छ। खर्चिलो छ तर चाहना
हुनेहरूलाई असम्भव छैन। अहिले कस्मेटिक सर्जरीका बारेमा चासो राख्नेहरूको
संख्या बढेको छ। स्तनमा सिलिकन इम्प्लान्ट गर्न आउनेहरू पनि बढ्दै गएका
छन्। गीत-संगीत, अभिनय तथा मोडलिङमा लाग्नेहरू आफूलाई राम्रो देखाउन अझ बढी
कन्सस देखिएका छन्।