चलचित्र ः पिएस आई लभ यू मलाई रोमान्टिक चलचित्र मन पर्छन्। यो जस्तो राम्रो प्रेम कथा भएको अर्को चलचित्र मैले हेरेकी छैन। नायक ः भुवन केसी र राजेश हमाल भुवन केसीको लुक्स असाध्यै आकर्षक लाग्छ भने राजेश हमालको व्यक्तित्व राम्रो छ।
नायिका ः करिश्मा मानन्धर उहाँको सौन्दर्य र व्यक्तित्वका बारेमा जति नै वर्णन गरे पनि कम हुन्छ।
गीत ः तिमीले त होइन तिम्रा भाकाहरूले... मलाई पुराना नेपाली गीतहरू असाध्यै मन पर्छन्, ती मध्ये यो सबैभन्दा बढि मन पर्छ।
गायक ः बच्चु कैलाश उहाँको गीत गाउने शैली एवं स्वर प्रभावशाली छ।
गायिका ः तारा देवी र अञ्जु पन्त दुई भिन्न पुस्ताका यी गायिका मनैदेखि फिल गरेर गीत गाउनुहुन्छ।
हास्यकलाकार ः मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य उहाँहरू कलाकार भएकाले मात्र मन पराएकी होइन, असल नागरिकका रूपमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएकाले पनि मन पर्नुभएको हो।
चाडपर्व ः तिहार झिलिमिली र देउसी-भैलोसँगै नेवार समुदायको नयाँ वर्ष पनि यही बेला मनाइन्छ, त्यसैले।
स्थान ः मुस्ताङ त्यहाँबाट देखिने हिमाल...मलाई वाउ भन्न मनलाग्छ।
मौसम ः गर्मी चिसोमा रुघा-खोकीले सताइरहने भएकाले।
पहिरन ः सारी र वनपिस सारीमा नारीको व्यक्तित्व आकर्षक देखिन्छ अनि वन पिस लगाउन सजिलो हुन्छ।